कोरोना अपडेट : २०६ संक्रमित थपिँदा ३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर २०६ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २८ सय ६९ जनामा गरिएको परीक्षणमा २०६ जना संक्रमित भेटिएका हुन्।

आज ३९८ जना संक्रमणमुक्त भएका छन् भने ३ जना संक्रमितको मृत्यु भएको छ।

मन्त्रालयको विवरणअनुसार हाल देशभर २८ सय ९१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये ६ जना संक्रमित भेन्टिलेटरमा‚ ४१ जना आइसियमा‚  १५६ जना संस्थागत आइसोलेशनमा र २७ सय ३५ जना संक्रमित होम आइसोलेशनमा रहेका छन्।