सुर्खेत । आवाज संस्था सुर्खेतको २२ औं साधारणसभा सम्पन्न भएको छ । बुधवार सम्पन्न भएको साधारणसभामा आर्थिक वर्ष २०७८÷८९ को वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरिएको थियो । यस आर्थिक वर्षमा आवाज संस्थाले ११ वटा परियोजना सञ्चालन गरेको थियो । यसमा ७७ हजार चार सय ९ जनाले सेवा लिएका छन् ।
महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको आवाजले समस्या प्रभावित महिला तथा बालबालिकालाई आपतकालिन आवास गृह सेवा, बाल हेल्पलाईन सेवा, कानुनी परामर्श सेवा, बालबिवाह, घरेलु हिंसा, महिला हिंसा, महिलाहरुको क्षमता अभिवृद्धिका कार्यक्रहरु, उद्यमशिलता सिप विकास र आयआर्जनमा सहयोग गर्ने गरेको छ ।
यस संस्थाले परियोजनाको कार्यक्रम कर्णाली प्रदेशको दैलेख, सुर्खेत, जाजरकोट, सल्यान र पश्चिम रुकुममा विशेष गरी काम गरिरहेको छ । बालबिवाह विरुद्धको लडाई कर्णाली प्रदेशका दशै वटा जिल्लामा सञ्चालन गरेको छ । यस आर्थिक वर्षमा आय आर्जनका लागि उद्यशिलता विकास, सीप विकास र आर्थिक सहयोग एक सय ५५ जनाले सेवा लिएका छन् । समुदायमा सचेतनाा कार्यक्रममा ३० हजार आठ सय ६३ जनाले सेवा लिएका छन् ।
शैक्षिक÷छात्रवृत्ति वितरण कार्यक्रममा बालबालिकाको क्षमता विकास तालिम कार्यक्रम, बालहेल्पलाईन, संकल्प, बालविवाह रोकथाम तथा व्यवस्थापनको लागि बालबालिको नेतृत्व परियोजनामा हाउस डे«स झोला कापी ड्टपेन तीन सय ४ जनालाई सहयोग गरिएको थियो ।
यस्तै समुह र सञ्जाल निर्माण र परिचालन गर्दा दुई हजार दुई सय ३० जनाको सहभागि थियो । यस आर्थिक वर्षमा २० वटा जिल्लाबाट नौ सय ६४ जनाले सेवा लिएका छन् । सेवा लिनेमा बालक एक सय ४७, बालिका तिन सय ४४, महिला चार सय ७३ जना रहेका छन् । प्रत्यक्ष रुपमा संस्थाबाट एक हजार १४ जनाले सेवा लिएका थिए ।
आर्थिक वर्ष ०७८÷७९ मा आन्तरिक तर्फको आय व्यय विवरण प्रस्ताविक आयव्ययमा १२ लाख १५ हजार र वास्तविक २४ लाख ६० हजार ७ सय ९ थियो भने ०७९÷०८० मा १७ लाख ८३ हजार रहेको छ । यस आर्थिक वर्षमा प्रस्ताविक खर्च २८ लाख ५७ हजार र वास्तविक खर्च १७ लाख २५ हजार छ सय पँचास थियो भने ०७९÷०८० मा १७ लाख ८३ हजार खर्च रहेको छ । बैंक तथा नगद बाँकी २४ लाख ६० हजार सात सय नौ रहेको छ ।
यस संस्थाले २०७९÷८० मा सकंल्प परियोजना, बालबिवाह रोथाम तथा प्रतिक्रिया परियोजना, कर्णाली प्रदेश बालविवाह विरुद्ध साझा अभियान, न्यायमा पहुच कार्यक्रम, कर्णाली प्रदेशबाल संरक्षण प्रबद्र्धन र लैगिङ्क हिंसा न्यूनिकरणका लागि सेवा सहयोग , बालहेल्पलाईन संचालन र व्यवस्थापन,महिला सशक्तिकरण र सेफ हाउस प्रस्ताविक कार्यक्रम रहेका छन् ।
कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले धारणा र सोचमा परिवर्तन हुन जरुरी रहेको बताइन् । आवाज सस्थाले महिला तथा बालबालिकाको क्षेत्रमा विगतका दिनहरुबाट विभिन्न जिल्लामा आवाज विहिनको आवाज बन्दै आएको उनले बताइन् ।
फरकबाटो १६ भाद्र २०७९, बिहीबार १७:१२