‘झिँगेदाउ’ को प्रिमिएर भुवनदेखि स्वस्तिमासम्म

काठमाडौं । शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘झिँगेदाउ’ को प्रिमिएर गरिएको छ । बुधबार कमलपोखरीस्थित बिस मुभिजमा गरिएको प्रिएिरमा रंगपत्रकार र फिल्मकर्मीको बक्लो उपस्थिती थियो ।

प्रिमिएरमा फिल्मले सबैबाट राम्रो प्रतिक्रिया पाएको छ । कतिपयले फिल्मको मेकिङ मनपरेको बताए, भने कतिले कलाकारको अभिनयको तारिफ गरे । प्रिमिएरमा फिल्मका निर्देशक ज्ञानेन्द्र देउजा, कलाकार केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल लगायत आकर्षणको केन्द्र बनेका थिए ।

फिल्मको प्रिमिएर हेर्न चलचित्र बिकाश बोडका अध्यक्ष भुवन केसी, कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, मिथिला शर्मा, निर्देशक नवल नेपाल, उतम केसी, अशोक शर्मा, नरेश पौडेल, उज्वल घिमिरे, निर्मल शर्मा, स्वस्तिमा खड्का लगायत नयाँ तथा पुराना थुप्रै कलाकर्मीको पुगेका थिए ।

प्रदीप भारद्वाजको पटकथा रहेको फिल्ममा केकी, मुकुन, आँचलको कुशल बिष्ट, हिउँवाला गौतम, संगम भण्डारी, विजय देउजा, आयन खड्का, अभयराज बराललगायतका कलाकारको अभिनय छ । फिल्म भीमनिधि तिवारीको कृति ‘झिँगेदाउ’ मा आधारित रहेर निर्माण भएको हो । कपनगढी सिनेमा र फिल्म क्रु नेपालको व्यानरमा निर्मित फिल्ममा सुलभ प्रतिक देउजा र समिक्षा देउजाले निर्माण गरेका हुन् ।