नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेतको अध्यक्षमा खड्का बिजयी

सुर्खेत । नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेतको अध्यक्षमा पदमबहादुर खड्का विजयी भएका छन्। निर्माण व्यवसायीहरुको नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा खड्काले १ सय ८६ मत प्राप्त गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

जम्मा खसेको मतमा खड्काले १८६ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी बसन्तविक्रम जिसीले ४९ मत प्राप्त गरेका हुन्।