जंगली जनावरको आक्रमणबाट १ जनाको मृत्यु

सुर्खेत । चौकुने गाउँपालिकामा जंगली जनावरको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बिहीबार बेलुका ५ बजेको समयमा चौकुने–२ बोलाका १९ वर्षीया विक्रम कठायतको मृग्यु भएको छ ।

२५ वर्षीया बमबहादुर कठायत र ३५ वर्षीया बिर्खबहादुर बुढा घर पालनको लागि खसि किन्न १९ वर्षीया विक्रम कठायत गएका थिए । चौकुने गाँउपालिका २ दानीगौडा स्थित जंगलमा बिक्रम कठायत दिशा गर्न जान्छु भनी जंगलतिर गएका थिए ।

जंगलबाट एक्कासी कराएको आवाज आएपछि साथमा गएका २ जना जंगल तिर गई हेर्दा जंगली वदेलले घाँटिमा हानी मृत्यु भएको प्रहरीलाई जानकारी गराएको थिए ।
खसि किन्न जाने क्रममा चौकुने गाउँपालिका–२ दानीगौडा स्थित जंगलमा पुगेको बेला विक्रम दिशा गर्न जान्छु भनी जंगलतिर पसेका थिए ।

जंगलमा एक्कासी कराएको आवाज आएपछि साथमा गएका २ जना जंगलतिर गई हेर्दा जंगली जनावर बदेलले घाँटीमा हानी मृत्यु भएको भनि प्रहरीलाई आज खबर गरिएको थियो । खबर पश्चात ८ जना प्रहरी टोली खटिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।