काठमाडौं । चर्चित कोरियोग्राफर एवं निर्देशक रेनशा वान्तवा राई राणा आमा बनेकी छिन् । रेनशाले शुक्रबार जुम्ल्याह सन्तानलाई जन्म दिएक हुन् ।

शुक्रबार बिहान एक सेकेण्डको अन्तरमा रेनशाले एक छोरा र एक छोरीलाई जन्म दिएकी हुन् । आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको पति प्रज्वल शम्शेर राणाले जानकारी दिएका छन् । दश वर्षको प्रेम सम्बन्ध पश्चात् रेनशा र प्रज्वलले गत तीन वर्ष अगाडी बिबाह गरेका थिए ।

फरकबाटो ६ भाद्र २०७९, सोमबार ११:५२