काठमाडौं । दरबारमार्गस्थित होटल याक एण्ड यति हायत शनिबार साँझ फेसनमय बन्यो । ‘आइसी डिजाइनर रनवे ११’ नाम फेसन शोमा सेलिब्रेटीदेखि मोडलसम्मले १२ सिक्वेन्समा विभिन्न आकर्षक फेसनका डिजाइन र्याम्पमा प्रस्तुत गर्दा होटलनै धपक्क बलेको देखिन्थ्यो ।
आइसी कलेजको आयोजनामा नेक्स्ट मोडल्स नेपालको निकै भव्य र व्यवस्थित म्यानेजमेन्ट गरेको फेसन शोमा पूर्व मिस नेपाल नम्रता श्रेष्ठ, अस्मि श्रेष्ठ, अभिनेत्री आँचल शर्मा, रुबिना थापा र अभिनेता आकाश श्रेष्ठ सो टपरको रुपमा र्याम्पमा देखिँदा दर्शक मोहित भएका थिए ।
विगत धेरै वर्षदेखि नियमित आयोजना हुँदै आएको ‘आइसी डिजाइनर रनवे’ फेसन शो यस वर्ष झनै सभ्य, भव्य र ऐतिहासिक रुपमा सम्पन्न भएको म्यानेजमेन्ट जिम्मेवारी लिएको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए । सेलिब्रेटी, भिआइपी, ब्यवसायी लगायत बिभिन्न प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको फेसन शोको कोरियोग्राफी अभिमन्युसिंह तमोरको रहेको थियो ।
फेसन शो ‘आइसी डिजाइनर रनवे’ को मुख्य उद्देश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरुले डिजाइन गरेका नेपाली फेसनका डिजाइन अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनु रहेको आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले जानकारी दिइन् ।
फरकबाटो ५ भाद्र २०७९, आईतवार १६:५५