अमेरिकासँग स्कटल्याण्डको हार

काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डको त्रिकोणात्मक एकदिवसीय सिरिजको छैटौं तथा अन्तिम खेलमा घरेलु टोली पराजित भएको छ ।

स्कटल्याण्डको मनोफिल्ड क्रिकेट मैदानमा आईतबार राति भएको खेलमा अमेरिका २ विकेटले विजयी भएको हो ।

घरेलु टोलीसहित अमेरिका तथा यूएई समावेश लिग टूको यस सिरिजमा स्कटल्याण्डको यो पहिलो हार हो ।

घरेलु टोलीले दिएको २ सय ५० रनको लक्ष्य अमेरिकाले १ बल बाँकी रहदा २ विकेट गुमार भेट्यो ।

उसका लागि आरोन जोन्स तथा मोनाक पटेलले अर्धशतकीय ईनिङ खेले । जोन्सले ६२ तथा कप्तान पटेलले ५० रन बनाए ।

जसकरण मलहोत्राले अविजित ३६ तथा गजानन्द सिंहले ३३ रन बनाए । सुसान्त मोदानीले २८ तथा स्टेभन टेलरले १६ रन बनाए ।

घरेलु टोलीका हम्जा ताहिर,गाभिन माईन र मिचेल लिग्सले समान २/२ विकेट लिए । सफियान सरिफले १ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको घरेलु टोलीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ४९ रन बनायो । उसका लागि उसका लागि कलुम म्याकलोयडले १ सय ३३ रनको अविजित शतकीय ईनिङ खेले ।

मिचेल लियस्कले ४१ तथा सफियान सरिफले २५ रन बनाए । क्रिस ग्रेभिसले १४ तथा कायल कोट्जरले ९ रन बनाए ।

अमेरिकाका लागि इयान होल्याण्डले ३ तथा शौरभ नेत्राभाल्कर र स्टेभन टेलरले समान २/२ विकेट लिए ।