
सुर्खेत । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज सोमबार तीन खेल हुँदैछन् । कतार विश्वकपमा सोमबार समूह ‘ए’को एक खेल हुँदैछ । यस्तै समूह ‘बी’को दुई खेल हुने तालिका रहेको छ ।
सोमबार हुने पहिलो खेलमा इंग्ल्यान्ड र इरानबीच प्रतिस्पर्धा हुनेछ । इंग्ल्यान्ड र इरानबीचको खेल बेलुका ६: ४५ बजे सुरु हुनेछ । समूह ‘बी’अन्तर्गतको अर्को खेलमा अमेरिका र वेल्सबीच प्रतिस्पर्धा हुनेछ । अमेरिका र वेल्सबीचको खेल राति १२: ४५ बजे सुरु हुनेछ ।
त्यस्तै समूह ‘ए’अन्तर्गत सेनेगल र नेदरल्यान्ड्सबीच खेल हुनेछ । सेनेगल र नेदरल्यान्ड्सबीचको खेल राति ९: ४५ बजे सुरु हुनेछ ।
मध्यपूर्वको मुस्लिम राष्ट्रमा पहिलो पटक आयोजना भएको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । उद्घाटन खेलमा आयोजक कतारलाई २-० ले हराएर इक्वेडरले विजयी सुरुआत गरिसकेको छ । आठ रंगशालामा आयोजना हुने विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ ।

फरकबाटो ५ मंसिर २०७९, सोमबार १०:१०