म्यानचेस्टर युनाइटेड ब्रेन्टफोर्डसँग पराजित

काठमाण्डाै । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड ब्रेन्टफोर्डसँग पराजित भएको छ ।

नयाँ सिजनको सुरुवाती दुवै खेलमा हार बेहोरेपछि युनाइटेड अङ्क तालिकाको पुछारमा छ । युनाइटेडले ब्रेन्टफोर्डको मैदानमा ४–० को हार बेहोरेको हो ।

ब्रेन्टफोर्डका जोस डा सिल्भा, माथिअस जेन्सन, बेन मी र ब्रायन एम्बुएमोले गोल गरे ।

पहिलो खेलमा युनाइटेड ब्राइटनसँग २–१ गोलले पराजित भएको थियो । दुई वटा खेलमा युनाइटेडले ६ गोल खाएको छ । एक गोल गरेको छ । ब्रेन्टफोर्डको ३ खेलमा ४ अङ्क छ ।