सुर्खेत । पछिल्लो २४ घण्टामा थप ७ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७ सय १२ जनाको परीक्षणमा ७ सय ८१ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार २ हजार २ सय १९ जनाको पीसीआर परीक्षण गर्दा ४ सय १९ जना र २ हजार ४ सय २२ जनाको एन्टिजेन परीक्षण गर्दा ३सय ६२ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना भाइरसको सक्रिय संक्रमितहरुको संख्या ५ हजार ७सय ७५ पुगेको छ । पछिल्लो २४ घण्टामा ५सय ११ जना संक्रमणमुक्त भएका छन् ।
जसमध्ये ५ हजार ५सय ६५ जना होम आइसोलेसनमा रहेका छन् भने २ सय १० जना संस्थागत आइसोलेसन र ६३ जना आईसीयूमा छन् ।
यस्तै ८ जनाको भेन्टिलेटमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
शुक्रबार संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३९ हजार २ सय २६ पुगेको मन्त्रालयको तथ्याँक रहेको छ ।
फरकबाटो २७ श्रावण २०७९, शुक्रबार १६:१४