उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन बिरामी

एजेन्सी । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन बिरामी परेका छन् । उनकी दिदीले कोभिड–१९ बाट सङ्क्रमित भएका उनलाई ज्वरो आएको बताएकी हुन् । नेता किम जोङ उनले हिजो मात्रै कोभिड(१९ माथि विजय हासिल गरेको घोषणा गरेका थिए ।

झण्डै दुई हप्तासम्म भाइरसको कुनै नयाँ केस नभेटिएपछि किमले हिजो कोभिडलाई जितेको घोषणा गरेका थिए ।

महामारीको सुरुवातदेखि नै कडा कोरोना भाइरस नाकाबन्दी कायम राखेको उत्तर कोरियाले मे महिनामा राजधानी प्योङयाङमा ओमिक्रोन प्रकोप देखिएको घोषणा गरेको थियो ।

उत्तर कोरियाले सुरुमा परीक्षण नै नगरि ज्वरोका बिरामी भन्दै कोभिडलाई नजरअन्दाज गरेको थियो । तर, महामारी फैलिएपछि सङ्क्रमण देखिएको बताएको थियो ।