काँक्रेबिहार र शिव मन्दिर परिसरमा देउसीभैलो

सुर्खेत । पुरातात्विक तथा ऐतिहासिक महत्व बोकेको काँक्रेबिहार र शिव मन्दिरमा परिसरमा देउसीभैलो खेलिएको छ । बागीना समूह सुर्खेतको आयोजनामा वीरेन्द्रनगरमा रहेको काँक्रेबिहार र शिव मन्दिर परिसरमा देउसीभैलो प्रस्तुत गरिएको हो ।



देउसीभैलो कार्यक्रममा बागीना समूहका कलाकार तथा यहाँका बरिष्ठ कलाकारहरु र विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो ।

 कला, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले काँक्रेबिहार र शिव मन्दिर परिसरमा  देउसीभैलो खेलिएको बागीना समूहले जनाएको छ ।