काठमाडौं । १० भदौबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो ‘प्रकाश’ । प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मले प्रचार प्रसार समेत व्यापक बनाएको छ । यस्तैमा फिल्म युनिटले कविता प्रतियोगिता घोषणा गरेको छ । फिल्मको मूल कथाअनुसार निर्माण टिमले शिक्षकबारे कविता प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा कलेज तथा स्कूलमा अध्ययन गर्ने विद्यार्थीहरुले भाग लिन सक्नेछन् ।

निर्माता महेन्द्र अधिकारीका अनुसार प्रतियोगितामा सहभागिता जनाउनका लागि १२ वर्ष पुरा भई १८ वर्ष ननाघेको विद्यार्थी हुनुपर्नेछ भने बढीमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीले सहभागिता जनाउन सक्नेछन् ।
प्रतियोगितामा सहभागी मध्येबाट प्रथम हुनेले एक लाख र द्वितीय हुनेले ५० हजार नगद पुरस्कार जित्ने निर्माण युनिटले जनाएको छ । नेपाली र अंग्रेजी दुवै भाषालाई मान्यता दिइएको कविताको भिडियो अवधि १ देखि साढे एक मिनेटसम्म हुनुपर्नेछ ।
कविता प्रतियोगितामा भाग लिन चाहनेले कविताको भिडियो बनाएर उचबपकजतजभाष्mि२नmबष्।िअयm मा पठाउन सक्नेछन् । प्रतियोगितामा भाग लिने समय सीमा श्रावण २० गतेदेखि भाद्र २० गतेसम्म तोकिएको छ ।
सरकारी स्कूलमा शिक्षक बन्न जुम्लाको एक युवकको संघर्षको कथा बनाएको फिल्म दिनेश राउतले निर्देशन गरेका हुन् । दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतको अभिनय फिल्ममा छ ।

फरकबाटो १८ श्रावण २०७९, बुधबार १५:४६