अवैध मुद्रा सम्बन्धी कारोबारमा संलग्न पाँचजना प्रहरी नियन्त्रणमा

सुर्खेत । अवैध मुद्रा सम्बन्धी कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । बुधबार राती करिब नौ बजे भेरीगंगा नगरपालिका–१२ छिन्चुबजारको लालबहादुर शाहीको घरमा छालाको पैसा विषयमा बार्गेनिङ गर्दै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा कुशे गाउँपालिका ५ जाजरकोटका शान्तबहादुर बादी , छेडागाड नगरपालिका ५ जाजरकोटका रत्नबहादुर नेपाली, भगवती माई गाउँपालिका ३ दैलेखका विशाल सुनार, सिम्ता गाउँपालिका ३ सुर्खेतका २२ वर्षीय समिर वि.क र सोही ठाउँका २४ वर्षीय निमबहादुर वि.क रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरिक्षक सुरज कार्कीले जानकारी दिए ।

हिजो राती पक्राउ परेका उनीहरुलाई म्याद थपका लागि ल्याईएको कार्कीले बताएका छन् ।