लभ ३० को विषयमा जानकारी दिँदै प्रहरी उपरिक्षक भुवनेश्वर तिवारी
सुर्खेत । कर्णाली प्रदेशमा तिनवर्षमा सडक दुर्घटनामा परि ३ सय ९२ जनाले ज्यान गुमाए । आर्थिक वर्ष २०७६/०७७ मा ९७ जना, आर्थिक वर्ष ०७७/०७८ मा ९८ जना र आर्थिक वर्ष ०७८/०७९ मा १ सय ९७ जनाले सडक दुर्घटनाका कारण ज्यान गुमाएका हुन् ।
जसमा २ सय ६८ पुरुष, ७७ महिला, २५ बालक र चार बालिका गरि ३ सय ९२ जनाले ज्यान गुमाएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
जसमा ७ सय १० जना गम्भिर घाईते र १ हजार २ सय जना सामान्य घाइते भएका हुन् ।
तिनवर्षमा ३६ महिनामा ३ सय ९२ जनाले ज्यान गुमाउँदा महिनाको सरदर १० जना भन्दा बढीको मृत्यु कर्णालीमा सडक दुर्घटनाका कारण हुने कार्यालयले विश्लेषण गरि प्रतिवेदन निकालेको छ ।
कर्णालीमा सडक दुर्घटनामा ज्यान गुमाउने कारणहरुमा सबैभन्दा बढी तिव्र गती गरेर दुर्घटनामा परेको तथ्याँक कार्यालयले निकालेको छ ।
जसमा ९ सय २९ दुर्घटना भएकोमा सबैभन्दा बढी तिव्र गती का कारण दुर्घटना भएको प्रतिवेदनमा उल्लेख छ ।
तिनवर्षमा भएका दुर्घटना मध्ये ५ सय ३९ दुर्घटना तिव्र गतीका कारण, १ सय ९९ दुर्घटना यान्त्रिक कारण, ४७ दुर्घटना सडकको अवस्थाको कारण, ३८ दुर्घटना ट्राफिक नियम उलघंन गरेका कारण, ३५ दुर्घटना लापरबाही, २९ ओभरट्याग गरेका कारण, २५ मौसमको कारण, २० वटा दुर्घटना भने अन्य कारण भएको विश्लेषण प्रतिवेदनमा उल्लेख छ ।
त्यसैले कर्णाली प्रदेशमा लभ ३० अभियान लागु गरिएको छ ।
यसको श्रेय कार्यालयका प्रमुख तथा प्रहरी उपरिक्षक भुवनेश्वर तिवारीलाई जान्छ । साबिकको प्रदेश ट्राफिक प्रहरी कार्यालय कर्णालीका प्रमुख भएर आएका तिवारीले सबैभन्दा पहिले लभ ३० अवधारणा कर्णालीमा लागु गरे ।
अहिले कर्णालीका अधिकाँश सार्वजनिक र जोखिम स्थानहरुमा लभ ३० को बोर्ड देख्न सकिन्छ ।
उनका अनुसार लभ ३० को अवधारणा भनेको प्रतिघण्टा ३० किलोमिटरका दरले सवारी साधन गुडाउँनु हो । जसका कारण दुर्घटना भएपनी ९० प्रतिशत ज्यान जोगिने भएको कारण यो अवधारणा अशाध्यै सुरक्षित भएको उनी बताउँछन् । उनी भन्छन् ‘ लभ ३० ले सडक दुर्घटनाका कारण हुने मृत्युदर ५० प्रतिशत घटाउँछ ।’
यो बाहेक कर्णाली प्रदेशमा मादक पदार्थ सेवनगरि सवारी साधन चलाउनेहरुलाई प्रशिक्षण, प्रदेश, जिल्ला र पालिका सम्मेलन आयोजना, संस्थागत र संरचना सुधार, जनशक्तिको व्यवहार परिवर्तनसम्बन्धि तालिम, सामाजिक सञ्जालमा उपस्थिती, विभिन्न निकायहरुसंग समन्वय र सहकार्य लगाएतका कामहरु गरिरहेको प्रमुख तिवारीले सुनाए ।
आगामी तिनवर्षमा के छन् योजना ?
कार्यालयले तिनवर्षको विश्लेषण गरेर नागरिकलाई सडक दुर्घटनाबाट बचाउनका लागि कर्णालीको सडक सुरक्षा कार्ययोजना समेत बनाएको छ ।
कार्यालयका प्रमुख तथा प्रहरी उपरिक्षक भुवनेश्वर तिवारीले कर्णालीका नागरिकहरुलाई सडक दुर्घटनाबाट बचाउनका लागि तिनवर्षको ट्राफिक विश्लेषण गरि कार्यायोजना निर्माण गरेको बताएका छन् ।
‘सडकमा यमराज हिँड्न दिनु हुँदैन’ उनले भने“त्यसका लागि कार्यायोजना निर्माण गरेर जनशक्ति परिचालन र अन्य निकायसंग सहकार्य जरुरी छ । जुन काम हामीहरुले थालिसकेका छौं ।”
सडकलाई सुरक्षित बनाउन नागरिक तथा यातायात व्यवसायी र चालकहरुलाई सचेत बनाउनु, आवश्यक ट्राफिक संकेतहरु राख्नु, सडक सुरक्षित भएनभएको परिक्षण गर्ने कुरा र सवारी साधनको अवस्था राम्रो हुनु जरुरी भएको उनले बताए ।
कार्यालयले तिनवर्षको कार्ययोजनामा विद्यार्थी, नयाँ सवारी चालक र सर्वसाधारणहरुलाई ट्राफिक नियम सम्बन्धमा प्रशिक्षण, वर्षमा एकपटक एकहप्ता सम्म ‘ट्राफिक डे’ कार्यक्रम सञ्चालन, चालक यात्रु मैत्री कक्षा सञ्चालन (प्रत्येक २ घण्टा सवारी साधन चलाएपछि चालकले रोकेर आराम गर्नुपर्ने), लभ ३० कार्यक्रम प्रदेशका सबै जिल्ला र स्थानिय तहहरुमा सञ्चालन, मादक पदार्थ सेवन विरुद्ध अभियान, राजमार्ग, सहायकमार्ग र बजार क्षेत्रमा ट्राफिक संकेत तथा सिसिटिभि क्यामरा जडानका लागि स्थानियतह, उद्योग वााणीज्य संघ लगाएतसंग सहकार्य गरी जडान, चोरी नियन्त्रण लगाएतका अपराधिक क्रियाकलाप रोक्न सादा पोशाकमा प्रहरी परिचालनका साथै कार्यालयमा ‘पिडित सहायता कक्ष’ सञ्चालन लगाएतका कार्यक्रम गर्ने योजना बनाएको हो ।
आर्थिक अनियमिततालाई शुन्यसहनशिलतामा झार्ने, भि.आई.पी सवारी तथा विभिन्न मेला महोत्सवलाई व्यवस्थित गर्न विशेष योजना, राजमार्गमा सवारी साधनको गती सिमित गर्न राडर गनको व्यवस्थापन, असुरक्षित सडकहरुमा टाईम कार्ड लागु , कर्णालीमा ट्राफिक नियम उलघंन गर्नेलाई कार्रबाही गर्दा क्युआर कोर्डको प्रयोग , राजमार्ग, सहायक मार्ग र बजार क्षेत्रमा दुर्घटना हुने जोखियुक्त स्थानको पहिचान गरि Black Spot Board राख्ने लगाएतका थुप्रै योजना निर्माण गरिएको प्रमुख तिवारीले फरकबाटोलाई बताएका छन् ।
सीता वली १२ श्रावण २०७९, बिहीबार १६:२८