काठमाडौं । भारतको चर्चित टेलिभिजन रियालिटी शो ुसुपर डान्सरुको आधिकारिक नेपाली भर्सन ुसुपर डान्सर नेपालु अब चाडै कान्तिपुर टेलिभिजन मार्फत प्रसारण हुने भएको छ । सोनी टिभी इण्डियाको फ्रेन्चाइज यो शो सुपर डान्सर नेपालुको फिजिकल र डिजिटल गरी दुई चरणमा अडिसन सम्पन्न भइसकेको छ ।
बुधबार राजधानीमा आयोजित विशेष समारोहमा शोका सुपर जज एवं चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीलाई सम्मान गर्नुका साथै केक काटेर खुसी साटिएको छ। केसीले आफू सबैलाई साथ लिएर फिल्म उद्योगको विकासमा काम गर्ने साथै यो नयाँ शोलाई लिएर निकै उत्साहित रहेको र यसमा आफूले राम्रो गर्ने बताए।
साथै कार्यक्रममा ुसुपर डान्सर नेपालुको निर्देशकमा चर्चित टेलिभिजनकर्मी तथा निर्देशक भूषण दाहाल रहने कुरा समेत जानकारी दिएको छ। निर्देशक दाहालले शोको एक्सन कट मात्र नभई आफूले शोमा रहेका हरेक विधाका साथीहरूको एउटा संयोजकको रूपमा काम गर्ने बताए। ुमुख्यतः म टेलिभिजनकर्मी हु, अन्य विधामा समेत म काम गर्छु तर मेरो दायरा टिभी हो, त्यसैले यो दायरा भित्र आएको कुनै पनि अवसर अनि च्यालेन्जलाई म स्विकार्छु र यसलाई म लिने प्रयास गर्छु साथै यो च्यालेन्ज मध्येको एक च्यालेन्ज सुपर डान्सर नेपालको निर्देशकको रूपमा पाएको छु, अहिले सम्म कुनै रियालिटी शो मैले गरेको थिइन् र यो अवसर पाउँदा मलाई आनन्द लाग्यो म यो स्विकार्छुु, उनले भने।
चारदेखि १४ वर्ष उमेर समूहका बालबालिकाबीच प्रतिस्पर्धा हुने यो रियालिटी शोको निर्णायकमा भुवन केसीसँगै अभिनेत्री जसिता गुरुङ र कोरियोग्राफर सुरेन्द्र राई छन् । देशका विभिन्न सहरहरू काठमाडौँ, पोखरा, इटहरी, चितवन, बुटवल, नेपालगञ्ज र नेपालमा फिजिकल अडिसन सम्पन्न भयो साथै नेपाल बाहिरका नेपालीभाषी भएको ठाउँहरूको प्रतिभा समेत सहभागी गराउने उद्देश्यका साथ डिजिटल अडिसन समेत गरिएको थियो । कार्यक्रमको होस्टमा अर्का चर्चित अभिनेता विल्सन विक्रम राई र अर्की चर्चित नृत्याङ्गना कविता नेपाली रहने छन् । सुपर डान्सर नेपालु कान्तिपुर टिभी एचडीमा यही साउन अन्तिम साता बाट प्रसारणमा आउँदैछ।
फरकबाटो १२ श्रावण २०७९, बिहीबार १०:०६