आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदै

काठमाण्डाै । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् ।

पहिलो खेलमा शीर्षस्थानको कोलकाता नाइट राइडर्स र सातौँ स्थानको दिल्ली क्यापिटल्स खेल्नेछन् ।

खेल मुम्बईमा दिउँसो पौने चार बजे सुरु हुनेछ । आज हुने दोस्रो खेलमा बेलुका पौने आठ बजे राजस्थान रोयल्स र लखनउ सुपर जायन्ट्स खेल्दैछन् ।

खेल मुम्बईको वानखडे मैदानमा हुनेछ । आईपीएलमा नवप्रवेशी टोली लखनउ चार खेल खेलेकामा तीनमा जितसहित चौथो स्थानमा छ । यस्तै राजस्थान तीन खेलमा दुई जितसहित पाँचौँ स्थानमा छ।