सुनको भाउ आज एक हजार रुपैयाँले घट्यो

काठमाण्डाै । सुनको भाउ आज एक हजार रुपैयाँले घटेको छ ।

तोलामा आज सुन ९३ हजार रुपैयाँमा झरेको हो । हिजो ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेकाले नेपाली बजारमा पनि घटेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ ।

तोलामा १० रुपैयाँले घटेर चाँदी आज १ हजार १ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।