यस्ता छन् विकास बोर्ड अध्यक्षका दश उम्मेदवार

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन दिएका १० उम्मेदवारको औपचारिक नामावली सार्वजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रालयले सोमबार एक सुचना प्रकाशित नामावली सार्वजनिक गरेको हो ।

सार्वजनिक नामावलीमा उम्मेदवारको लागि दरखास्त दिएका १० जनाकै नाम उल्लेख छ । मन्त्रालयले उम्मेदवारको व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताको मिति, समय र स्थान पछि तोक्ने सूचनामा जनाएको छ ।

बोर्ड​ अध्यक्षका लागि आवेदन दिनेमा सुनसरीका अरुणकुमार प्रधान, काठमाडौंका दीपक श्रेष्ठ, ललितपुरका नरेशकुमार पौड्याल, काठमाडौंका निर्मलराज ढकाल, भुवन केसी, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुनिल कुमार पोखरेल र सुष्मा कार्की, इलामकी सुचित्रा श्रेष्ठ रहेका छन् ।