सावित्राले फेरि गोकुलमबाट भारतीय लिग खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमका स्ट्राइकर सावित्रा भण्डारीले फेरि गोकुलम केरेला एफसीबाट भारतीय महिला लिग खेल्ने भएकी छिन् ।

गोकुलमले आइतबार सामाजिक संजाल फेसबुकबाट सावित्रालाई नयाँ सिजनका लागि अनुबन्ध गरिएको जनाएको छ ।

सावित्राले यस अघि चौंथो संस्करणको लिग गोकुलमबाट खेलेकी थिइन् । उनीसँगै अनिता बस्नेतले समेत गोकुलमबाट खेलेकी थिइन् । चौंथो संस्करणको लिगमा सावित्रा सर्वाधिक गोलकर्ता बनेकी थिइन् ।

सावित्राले त्यस सिजन १६ गोल गरेकी थिइन् । उक्त सिजन गोकुलमले उपाधि जितेको थियो । गोकुलम अघि सावित्राले सेथु फुटबल क्लबबाट खेलेका थिए ।