काठमाण्डाै । जापानका पूर्व प्रधानमन्त्री शिन्जाे आबेको निधनमा आज नेपाल सरकारले राष्ट्रिय शोक मनाउँदैछ ।
हिजो बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले आबेको सम्मानमा आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो । नेपाल सरकारले आबेको निधनप्रति गहिरो दुःख प्रकट गर्दै आबेको परिवार र जापानी नागरिकप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।
छिमेकी देश भारतले पनि आबेको निधनमा आज राष्ट्रिय शोक मनाउँदैछ । जापानको नारा सहरमा आयोजित चुनावी सभामा भाषण गर्दैगर्दा उहाँमाथि गोली प्रहार भएको थियो ।
गोली प्रहारबाट गम्भीर घाइते भएका ६७ वर्षीय आबेको हिजो निधन भएको हो । आबेले जापानमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्रीको पद समाल्नु भएको थियो ।
फरकबाटो २५ असार २०७९, शनिबार १०:३८