सुर्खेत । लेकवेशी नगरपालिकाले आगामी वर्ष २०७९/८० का लागि ७४ करोड ८७ लाख नौ हजार ५७ रुपियाँ बजेट ल्याएको छ । नगर उपप्रमुख विमला खड्लुकका अनुसार नगरपालिकाले चालु खर्चतर्फ ४० करोड २५ लाख ४३ हजार ३६९ रुपियाँ र पूँजीगत तर्फ २९ करोड ९७ लाख ८८ हजार एक सय ९२ रुपियाँ बजेट विनियोजन गरेको छ । विकास साझेदार संघसस्थाहरुको कार्यक्रम तर्फ ४ करोड ६३ लाख ७७ हजार ४९६ रुपियाँ बजेट रहेको छ ।
२०७९।८०बजेट बक्तव्य

फरकबाटो १० असार २०७९, शुक्रबार १७:४५