भूमि व्यवस्था, कृषि र सहकारी सम्बन्धी कार्यक्रमका लागि २ अर्ब ३८ करोड बजेट

सुर्खेत । कर्णाली प्रदेश सरकारले भूमि व्यवस्था, कृषि तथा सहकारी सम्बन्धी कार्यक्रमका लागि दुई अर्ब ३८ करोड रकम विनियोजन गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले बुधबार आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गर्दै भूमि व्यवस्था, कृषि तथा सहकारी सम्बन्धी कार्यक्रमका लागि उक्त बजेट विनियोजन गरेको जानकारी दिए ।