बैंगलोर र पन्जाब भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत आज शुक्रबार एक खेल हुँदैछ ।

मुम्बईमा हुने खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र पन्जाब किङ्सबीच प्रतिस्पर्धा हुनेछ । खेल राति ७:४५ बजे  सुरु हुनेछ।

बैंगलोर आज आठौं जित निकाल्ने योजनामा छ । पन्जाबलाई हराएर बैंगलोर तेस्रो स्थानमा समेत उक्लन चाहन्छ ।

बैंगलोर १२ खेलमा १४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

पन्जाब पनि छैटौं जितको खोजीमा रहेको छ  । प्ले अफ पुग्ने सम्भावना कायम राख्न पनि पन्जाबलाई जितको आवश्यकता रहेको छ ।

पन्जाब ११ खेलमा १० अंक जोडेर आठौं स्थानमा रहेको छ ।

यस अघिको भेटमा पन्जाबले बैंगलोरलाई हराएको थियो । मुम्बईमै भएको खेलमा पन्जाब ५ विकेटले विजयी भएको थियो।