गठबन्धन आम निर्वाचनसम्म रहन्छ : देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ दलको गठबन्धन राष्ट्रिय आवश्यकता भएको दावी गरेका छन् ।

शनिबार तनहुँको दमौलीमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देशमा व्याप्त राजनीतिक अस्थिरता र एमाले अध्यक्ष केपी शर्मा ओलीको अत्याचारविरुद्ध गठबन्धन बनेको बताए ।

उनले भने ‘यो एक ऐतिहासिक गठबन्धन हो, स्थानीय तहसम्म मात्र सीमित रहदैन, प्रदेश र संघको निर्वाचनमा पनि हामी यही अनुसार अगाडि बढ्छौँ ।’