चीनबाट थप १० लाख मात्रा खोप आइपुग्यो

काठमाण्डौ । कोभ्याक्स सुविधाअन्तर्गत चीनबाट कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको थप मात्रा नेपाल आइपुगेको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डाक्टर दीपेन्द्ररमण सिंहले चीनबाट १० लाख २० हजार मात्रा कोरोनाको भेरोसेल खोप आइपुगेको जानकारी दिए । उनका अनुसार यो खोपलाई टेकुमा रहेको भण्डारण केन्द्रमा राखिएको छ ।

यही कात्तिक ८ गते अमेरिकाले कोभ्याक्समार्फत एक लाख ६ सय २० मात्रा फाइजर खोप नेपाललाई उपलब्ध गराएको थियो ।