बुचा घटनालाई लिएर पुटिन विरुद्ध युद्ध अपराधीको मुद्दा चलाउन वाइडेनको आह्वान

अमेरिकी राष्ट्रपति जो वाइडेनले युक्रेनको बुचा सहरमा भएको आम हत्याका विषयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विरुद्ध युद्ध अपराधिको रुपमा मुद्धा चलाउन आह्वान गरका छन् ।

तीन सय जना भन्दा धेरै निशस्त्र नागरिकलाई यातना दिएर हत्या गरेको भन्दै वाइडेनले यो क्रुरता र युद्ध अपराध भएको बताउनुभएको बीबीसीले जनाएको छ । बुचामा भएको आम हत्याको संसार भरबाट निन्दा भइरहेको छ । युक्रेनी राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले बुचाको भ्रमणपछि अवस्था डरलाग्दो रहेको बताउनुभएको छ । सडकमा छरिएका र जथाभावी थुप्रिएको शवको दृष्य कारुणिक रहेको भन्दै जेलेन्स्कीले युद्ध अपराधमा संलग्न रुसी सैनिकको पहिचान गरी अन्तर्राष्ट्रिय फौजदारी अदालतमा मुद्धा हाल्ने बताउनुभएको बीबीसीले जनाएको छ ।

एउटा भिडियो सन्देशमा जेलन्स्कीले रुसी क्रुरताको निन्दा गर्दै यो आफ्नै देशमा बाँच्न पाउने हक हननको चरम रुप भएको बताए । बुचा घटनालाई लिएर आज आफूले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको बैठकमा सम्बोधन गर्न लागेको पनि जेलन्स्कीले बताए ।