कालीकोटबाट नेपालगञ्ज जाँदै गरेको बसमा आगलागी


कालीकोटबाट नेपालगञ्ज जाँदै गरेको यात्रुवाहक बसमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार सुर्खेतको बराहताल गाउँपालिका–८ ओदालतालमा बसमा आगलागी भएको हो ।

कार्यालयका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले बसको बसको ब्याट्रीको तार सट् भएर आगलागी भएको हुन सक्ने अनुमान गरिए पनि के कारण भएको भनेर अनुसन्धान भइरहेको बताए । उनले आगलागीबाट अन्य मानवीय क्षति नभएको र यात्रुहरु सकुशल भएको जानकारी दिए ।