युक्रेनी सहर मारिओपोललाई आत्मसमर्पण गर्न रुसको चेतावनी

घेराबन्दीमा परेको युक्रेनी सहर मारिओपोललाई आत्मसमर्पण गर्न रुसले अल्टिमेटमसहित चेतावनी दिएको छ ।

आत्मसमर्पण गरेमा फसेका स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा जानका लागि मानवीय सहायता मार्ग खुला गर्ने रुसी रक्षा मन्त्रालयले जनाएको छ । तर युक्रेनले भने रुसको यो प्रस्ताव अस्वीकार गरेको छ ।

युक्रेनका उपप्रधानमन्त्री इरिना भेरेस्चुकले आफ्ना सैनिकले हतियार त्याग्ने र आत्मसमर्पणका कुरै नउठ्ने बताउनु भएको छ । रुसले आत्मसमर्पण गर्न नमानेमा ‘सैन्य कारबाही’ भोग्नु पर्ने चेतावनी दिएको छ ।

मारिओपोल सहर गएको दुई हप्तादेखि रुसी सैनिकको घेराबन्दीमा छ । त्यहाँ विद्युत्, पानी तथा ग्यासको आपूर्ति हुन सकेको छैन भने त्यहाँ झण्डै तीन लाख मानिस फसेका छन् । खाद्यान्न तथा अत्यावश्यक औषधिको अभावका बीच फसेका मानिसहरुको अवस्था नाजुक बन्दै गएको बीबीसीले जनाएको छ ।

रुसको आक्रमणका कारण मारिओपोलका झण्डै ८० प्रतिशत आवासीय भवन ध्वस्त वा क्षतिग्रस्त भएका छन् । एक तिहाइ भवनहरु मर्मत गर्न नमिल्ने अवस्थामा पुगेका छन् । रुसले गएको फेब्रुअरी २४ तारिखदेखि युक्रेनमा आक्रमण गरिरहेको छ ।