रुसलाई सैन्य सहयोग नगर्न चीनलाई अमेरिकाको आग्रह

एजेन्सी । रुस–युक्रेन युद्धका विषयमा अमेरिका र चीनका राष्ट्रपतिबीच कुराकानी भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी जिन पिङबीच गएराति भिडियो कुराकानी भएको हो ।

अमेरिकी राष्ट्रपतिले चिनियाँ समकक्षीसँग गरेको संवादलाई अन्तर्राष्ट्रिय वृत्तमा महत्त्वका साथ हेरिएको छ । कुराकानीमा राष्ट्रपति सीले विश्व शान्ति तथा सुरक्षाको विषय सबैको साझा जिम्मेवारी भएको बताउनुभएको छ ।

जवाफमा अमेरिकी राष्ट्रपति बाइडेनले रुसलाई सैन्य सहयोग नगर्न आग्रह गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चीनले अहिलेसम्म रुसले गरेको आक्रमणलाई सैन्य कारबाहीको संज्ञा दिएको छैन ।

चिनियाँ राष्ट्रपति सीले रुस–युक्रेन युद्ध कुनै एउटा देशको मात्रै चासो, सरोकार र चिन्ताको विषय नभएको बताउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । दुई देशबीचको युद्धलाई सबैले साझा चिन्ताको विषयका लिनुपर्नेमा बाइडेन र सी को जोड छ ।