सुर्खेत । सुहाराले वीरेन्द्रनगर नगरपालिका वडानम्बर १२ खोरियाका गर्भवती र सुनौलो हजार दिनका आमालाई पोषण वितरण गरेको छ । सम्झना आमा समुह खोरियाको समन्वय र सुहाराको आर्थिक सहयोगमा सात जना सुनौला हजार दिनका आमा र गर्भवतीलाई अण्डा र हात धुने साबुन वितरण गरिएको हो ।

सुहाराकी फिल्ड सुर्वरभाइजर तथा पोषणको फोकलपर्सन कविता रेग्मीले सुत्केरी भएका आमाले राम्रो खानेकुरा खान नपाएका कारण बच्चालाई कुपोषण हुने तथा आमा र बच्चा दुवैको स्वास्थ्यमा समस्या आउने भएकाले सो कार्यक्रम लागू गरिएको बताइन् । उनले गर्भवती महिला र दुईवर्ष मुनिका बालबालिका र सुत्केरी आमालाई प्रति व्यक्ति दुई सयका दरले १०÷१० वटा अण्डा र हात धुने साबुन वितरण गरिएको जानकारी दिइन् ।
बच्चाको ८० प्रतिशत दिमागको विकास सुनौला हजार दिन भित्र भइसक्ने भएकाले यस अवधीमा गर्भवती महिला, सुत्केरी आमा र २ बर्ष मुनिका बच्चाको पोषिलो खाना, सरसफाई र राम्रो स्याहार तथा हेरविचार गर्न सके बच्चाको सिक्ने क्षमतामा राम्रो प्रभाव पर्ने रेग्मीको भनाई छ । उनले आगामी दिनमा सुहाराले यस्तै कार्यक्रम गर्दै जाने र टोलको आमा समुहले पनि सुनौला हजार दिनका आमा र गर्भवती महिलालाई समय समयमा सचेतना मुलक कार्यक्रम गर्न सुझाव दिएकी छन् । यस्तै कार्यक्रममा गर्भवती र सुत्केरी महिलालाई पोषणयुक्त खाना बनाउन समेत सिकाइएको थियो ।

फरकबाटो २२ फाल्गुन २०७८, आईतवार १९:१४