सुर्खेत एन्फा लिगको उपाधि एबीसी स्पोर्टस् क्लबले जित्यो

सुर्खेत । सुर्खेत जिल्ला स्तरिय एन्फा लिगको उपाधि एबीसी स्पोर्टस् क्लबले जितेको छ । सैनिक आवासिय माहाविद्यालयमा भएको फाईनलमा फ्रेण्डसीप क्लबलाई दुईशून्य गोल अन्तरले पाखा लगाउदै एबीसीले उपाधी जितेको हो ।

खेलको ३९ मिनेटमा एबीसीका सुदिन विकले एकगोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसको ३१ मिनेट पछि फेरी एबीसीका लक्ष्मण शाहीले खेलको ७० मिनेटमा एक गोल थप्दै टोलीलाई दुई शून्यमा पुर्याएका थिए ।

फ्रेण्डसीपीले भने पाएको केहि मौकालाई सदुपयोग गर्न नसक्दा नतिजा सुम्पिनु पुग्यो । फ्रेण्डसीपीका कप्तान अमर बुढाले दुईपकट डिवक्सबाट प्रहार गरेको बलले जाली चुम्न सकेन । उच्च मनोबलका साथ मैदान उत्रिएको घरेलुटोली एबीसीले पाहुना टोली फ्रेण्डसीपीमाथी खेलको शुरुदेखी नै दबाबमा राख्यो ।
बलियो दाबेदार एबीसीलाई पराजित गर्दै पहिलो पटक उपाधि भित्र्याउन लक्ष्य फ्रेण्डसीपीको यो पटक अधुरै रह्यो । एबीसी सेमिफाईनलमा शीरमोर क्लबललाई हराउदै फाईनल यात्रा तय गरेको हो भने फ्रेण्डसीप बावियाचौरलाई पराजित गर्दै एबीसीसँगको उपाधि भिडिन्त पक्का गरेको हो ।
योसंगै एबीसी लगातार दोस्रो पटक उपाधि जितेको छ ।

जितसंगै एबीसीले ५१ हजार हात पारेको छ भने उपविजेता बनेको फ्रेण्डसीपले २५ हजारमा चित्त बुझाएको छ ।

सुर्खेत जिल्ला फुटबल संघले लिगको दुई–दुई वर्षमा आयोजना गर्ने गर्दछ । लिगमा जिल्लाका १२ टोलीले सहभागीता जनाएका थिए ।