फाइजर खोपका लागि ६ लाख ६४ हजार सिरिन्ज नेपाल आइपुग्यो

काठमाडौं । फाइजर खोप लगाउनको लागि आवश्यक पर्ने फाइजरको ६ लाख ६४ हजार भन्दा बढी सिरिन्ज नेपाल आइपुगेको छ ।

मंगलबाट दिउँसो ६ लाख ६४ हजार ६५० मात्रा सिरिन्ज नेपाल आइपुगेको आपूर्ती व्यवस्थापन शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले जानकारी दिए । । फाइजर खोप अभियानको लागि फाइजर कम्पनिले बनाएको ०.३३ एमएमको सिरिन्ज आवश्यक पर्छ ।

पुस १३ गते २० जिल्लामा १२ वर्षदेखि १७ वर्ष उमेर समूहका लागि संचालन गर्ने भनेको खोप अभियान खोपलाई आवश्यक पर्ने घोलक र सिरिन्जको अभावले स्थगित भएको थियो ।

खोप अभियानको लागि ६ लाख ६४ हजार ६५० मात्रा खोप र घोलक आइसकेको छ । सिरिन्ज आउनेबित्तिकै सरकारले काठमाडौं उपत्यका सहित ८ जिल्लामा फाइजरको खोप लगाउने बताएको छ ।