बैंकहरुको लाभांश सार्वजनिक

काठमाडौँ । नेप्सेमा सूचीकृत सबै वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् ।

लाभांश घोषणा गरेका केहीले लगानीकर्तालाई नै दिइसकेका छन् । यसपालि पनि नबिल बैंकले सबैभन्दा धेरै ३८ प्रतिशत लाभांश घोषणा गरेको छ । सो बैंकले पोहोरभन्दा धेरै लाभांश दिएको छ ।

पोहोरभन्दा धेरै लाभांश दिनेमा ११ बैंक छन् । नविल, हिमालयन, कृषि विकास, सानिमा, नेपाल, प्राइम, सिटिजन्स, नेपाल बंगलादेश, स्टान्डर्ड, माछापुच्छ्रे र प्रभु बैंकले पोहोरभन्दा धेरै दिएका छन् ।

पोहोरभन्दा कम दिनेमा १२ बैंक छन् । इन्भेष्टमेन्ट, एनएमबी, एनआइसी एसिया, बीओके, ग्लोबल आईएमई, मेगा, कुमारी, एनसीसी, सनराइज, सेन्चुरी, एसबीआई, सिभिल छन् । पोहोरजति नै लाभांश दिनेमा सिद्धार्थ, एभरेष्ट, लक्ष्मी छन् ।