
अनिकाल आएर भोकमरी आएर सकिन्छ।
मनको पिडा कसलाई पो भनेर सकिन्छ ।
यसरी पनि कसैको जिन्दगी सकिएको थियो ।
जस्को सधैं रोडमा गिट्टी कुटेर सकिन्छ ।
मजदुरले पनि पाउनसम्म सजाय पाउनेछन ।
जब अन्जान यी पत्थर फुटालेर सकिन्छ ।
तिम्रो दिलमा मायाको निसान हराएपछी ।
लाग्छ यो जिन्दगी तिमिलाई सम्झेर सकिन्छ ।
सम्पत्तिको नाउँमा यही एउटा जिन्दगी थियो ।
यो पनि एक दिन कात्रोमा बेरेर सकिन्छ ।
फरकबाटो २३ मंसिर २०७८, बिहीबार २१:१७