सरकारी खर्च मितव्ययी बनाउन मापदण्ड

काठमाण्डौ । सरकारले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड,२०७८ तयार गरेको छ । मन्त्रिपरिषद् विस्तार भएपछि पहिलो पटक बसेको मन्त्रिपरिषद्को बैठकले कम खर्चमा धेरै नजिता दिने भन्दै मापदण्ड स्वीकृत गरेको होे ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड स्वीकृत गरेको जानकारी दिए ।

कोरोना महामारीले देशको आर्थिक व्यवस्थामा परिरहेको सङ्कट र विकासको बढ्दो मागलाई ध्यान दिइएको सरकार दाबी छ । मापदण्डमा सरकारले अनावश्यक खर्च नगर्ने, कम खर्चमा नतिजा दिने, करारमा अनावश्यक कर्मचारी भर्ना नगर्ने, बैठक र भ्रमण भत्तामा कडाइ लगायतका विषय समेटिएका मन्त्री कार्कीले जानकारी दिए ।

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले जनअपेक्षाअनुसार प्रभावकारी नतिजा निकाल्ने गरी काम गर्न नवनियुक्त मन्त्रीलाई निर्देशन दिएका छन् ।