
सुर्खेत । स्वर सम्राट स्वर्गीय नारायण गोपालको ३१ औं स्मृती दिवसको अवसरमा नारायण गोपाल साँझ कार्यक्रम सम्पन्न गरिएको छ । बागीना समुह सुर्खेतको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुले नारायण गोपालले स्वर भरेका विभिन्न गितहरु प्रस्तुत गरेका थिए । बागीना समुह सुर्खेतको प्राङगणमा आयोजित कार्यक्रमको प्रायोजन भ्याली मेरिडियन एकेडेमी सुर्खेतले गरेको थियो ।

हरेक वर्षजसो नारायण गोपाल साँझ हुँदै आएकोमा कोरोना भाइरसको संक्रमणका कारण कार्यक्रम हुन नसकेको नारायण गोपाल साँझ कार्यक्रमका संयोजक प्रेम प्रकाश खड्काले जानकारी दिए ।

फरकबाटो १९ मंसिर २०७८, आईतवार २२:४९