सुनको मुल्य आज दुई सय रुपैयाँले बढ्यो


सुर्खेत । सुनको मुल्य आज दुई सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा एक लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।

आज चाँदीको मुल्य भने तोलामा १० रुपैयाँले घटेर एक हजार तीन सय ६० रुपैयाँमा किनबेच भइरहेको छ ।