साढे २३ अङ्कले घट्यो शेयर बजार


सुर्खेत । हिजो आइतवार सामान्य घटेको शेयर बजार आज सोमवार उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ६३ अङ्कले घटेर एक हजार नौ सय आठ दशमलव शून्य पाँच विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेर बजार राताम्मे भएको छ । बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । आज दुई सय ६७ वटा कम्पनीका ३१ लाख ४४ हजार कित्ता शेयर ९२ करोड ७८ हजार रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको सात करोड रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै उन्नति लघुवित्त, उपकार लघुवित्त र कालिका लघुवित्त कम्पनीको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार राताम्मे भए पनि आज आदर्श लघुवित्त, कालिञ्चोक दर्शन लिमिटेड र मोलुङ हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।