‘फेसियल हाउस’ को नयाँ शाखा संचालन

सुर्खेत । काठमाडौंमा रहेको फेसियल हाउसको शाखा सुर्खेतमा बिहिबार देखि सञ्चालनमा आएको छ । सुर्खेतका युवा व्यावसायीहरू बिशाल ढकाल, उपेन्द्र खडका, डम्मर गौतम सहितको टिमले उक्त हाउसको शाखा सञ्चालनमा ल्याएको हो ।
घटस्थापनाको दिन पारी आज शाखाको उद्घाटन गरिएको हो । सौन्दर्यविद् सुष्मा महराबाट शाखाको उद्घाटन भएको हो । करिब १३ वर्ष देखि काठमाडौं, पोखरा लगायतका ठाउँबाट सेवा दिईरहेको चर्चित फेसियल हाउसको शाखा वीरेन्द्रनगर–६ को न्यूरोडबाट सञ्चालनमा आएको हो ।
शाखाका सञ्चालक बिशाल ढकालले उच्च प्रविधिको फेसियल हाउस कर्णालीमा नभएको भन्दै सुर्खेतका नागरिकहरुका लागि रिसर्च सहितको व्यवस्था गरि हाउस सञ्चालनमा ल्याइएको बताए । सौन्दर्य पनि आवश्यकता जस्तै भएको कारण उपयुक्त र गुणस्तरीय रुपमा सेवा दिन उक्त फेसियल हाउस सञ्चालनमा ल्याएको ढकालले बताए ।
शाखाबाट हेयरकटिङ्ग, कलरिङ्ग, टाटु रिमूभर लेजर मेसिन, हेयर, ब्यूटि र स्किन केयर मेसिन, कृतिम परेला प्रत्यारोपण, जेल नेल आर्ट, पर्मानेन्ट मेकअप, पेयर सिन, डेड लक, मेडिकेयर, पेडिकेयरलगायत सेवा पाइने उनले जानकारी दिए ।