सल्यानमा भिरबाट लडेर एकजनाको मृत्यु


सुर्खेत । सल्यानमा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । सल्यानको बागचौर नगरपालिका वडा नं २ तल्लो चिलढालेका ४७ वर्षीय अम्मर डांगीको मृत्यु भएको हो ।

घरनजिकैको गोरेटोबाटोबाट लडेर उनको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । उनी नजिकैको मरेला खहरे खोलामा मृत अवस्थामा फेला आज बिहान फेला परेका हुन् ।