पोर्चुगललाई २-१ ले पराजित गर्दै दक्षिण कोरिया विश्वकपको अन्तिम १६ मा

सुर्खेत । पोर्चुगललाई २-१ ले पराजित गर्दै दक्षिण कोरिया विश्वकपको अन्तिम १६ मा पुगेको छ । कतारमा जारी फिफा विश्वकपमा ह्वाङ हि चानले गोल गरेपछि दक्षिण कोरियाले पोर्चुगललाई २-१ ले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।

पोर्चुगललाई पराजित गरेपछि कोरिया समूह एफमा ४ अंक जोड्दै उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो ।

यसै समूहको अर्को खेलमा उरुग्वेल घानालाई २-० ले पराजित गर्दै कोरिया समान ४ अंक नै जोड्यो । तर अंक र गोल अन्तर समान भए पनि समूह चरणमा धेरै गोल गरेका आधारमा कोरिया भाग्यमानी बन्यो ।

पराजित भएपनि पोर्चुगल ६ अंक जोड्दै समूह विजेता बन्यो । यसअघि नै दुई खेल जित्दै अन्तिम १६ मा स्थान पक्का गरिसकेको पोर्चुगलले केही मुख्य खेलाडीलाई कोरिया विरुद्ध आराम दिएको थियो ।