लिज ट्रसद्वारा ४५ दिनमै बेलायतकाे प्रधानमन्त्रीबाट राजीनामा

बेलायतकी प्रधानमन्त्री लिज ट्रसले प्रधानमन्त्रीको पदबाट राजीनामा दिएकी छन् । आज प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिटबाहिरबाट बोल्दै उनले राजा चाल्स सामु आफूले कन्जरभेटि पार्टीको नेतृत्वबाट राजीनामा दिन लागेको जानकारी दिएको बताइन् ।

अब आगामी साताबाट नयाँ नेतृत्वको लागि प्रतिस्पर्धा सुरु हुनेछ । जम्मा ४५ दिन सत्तामा रहेकी ट्रस बेलायतको इतिहासकी सबैभन्दा छोटो समय प्रधानमन्त्री भएकी छन् ।