श्रीलङ्का सरकारले म्यानमारलाई चार करोड अमेरिकी डलर बराबरको कोभिड–१९ विरुद्धको खोप सहयोग गर्ने भएको छ ।
श्रीलङ्काका स्वास्थ्य मन्त्री केहेलिया रम्बुक्वेलाले आज शुक्रवार आयोजित कार्यक्रममा पत्रकारहरूलाई बताउनुभएको छ । उनले श्रीलङ्कासँग फाइजर खोपको ९० लाखभन्दा बढी डोज रहेको र म्यानमारलाई ६० लाख डोज दिने योजना रहेको बताए । मन्त्रीले रम्बुक्वेलाले यो वर्षको अन्त्यसम्ममा खोपको म्याद सकिने बताए ।
श्रीलङ्काका अधिकारीहरूले म्यानमारमा खोप पुर्याउन विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) सँग काम गरिरहेको रामबुक्वेलाले बताएका हुन् ।
फरकबाटो २८ आश्विन २०७९, शुक्रबार १७:५४