भेनेजुएला : पहिरोमा परी ३६ को मृत्यु

भेनेजुएलामा बाढी र पहिरोमा परेर ज्यान गुमाउनेको संख्या ३६ पुगेको छ। सो पहिरोमा परेर ५६ जना बेपत्ता भएका छन्। भेनेजुएलाको उत्तरी आर्गु प्रान्तमा केही दिनदेखिको अविरल वर्षापछि आइतबार बाढी आएको र पहिरो खसेको थियो।

भेनेजुएला सरकारले प्रभावित क्षेत्रमा तीन सय टन खाद्यान्न र पानी वितरण गरेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्। तीन हजार भन्दा बढी सदस्यहरू पुलिस र दमकल विभागहरू, नागरिक सुरक्षा एजेन्सी र बोलिभेरियन राष्ट्रिय सशस्त्र बलहरू उद्धार प्रयासहरूमा मद्दत गर्न खटाइएको छ।

भेनेजुएलाका राष्ट्रपति निकोलास मोदुरोले आइतबार सो दुर्घटनाको घोषणा गरेका छन्। उनले आइतबारदेखि तीन दिनसम्म देशव्यापी रुपमा शोकको पनि घोषणा गरे।

उत्तरी आर्गु प्रान्तमा अविरल वर्षापछि नदीहरू बढेका र यसपछि आएको बाढीबाट पहिरो गएको पनि राष्ट्रपति मोदुरोको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ। सो विज्ञप्तिका अनुसार राष्ट्रपति मोदुरोले विपद्मा परेकालाई उद्धारका लागि खट्न पनि आग्रह गरिएको छ। पहिरोको नजिकका बस्तीहरूलाई पनि सार्न थालिएको छ। त्यसका लागि पनि उद्धारकर्मी तथा सुरक्षा निकायका अधिकारीहरूले खटिरहेका बताइएको छ।