यू-१५ महिला साफ : नेपालको पहिलो प्रतिद्वन्दी भुटान

काठमाडौं । बंगलादेशमा आयोजना हुने यू-१५ महिला साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । साउथ एसियन फुटबल फेडेरेसन (साफ) ले सोमबार खेल तालिका सार्वजनिक गरेको हो ।

ढाकामा हुने प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश र भुटानले प्रतिस्पर्धा गर्ने छन् ।  प्रतियोगिता आगामी नोभेम्बर १ देखि ११ सम्म हुनेछ । नेपालले पहिलो खेलमा भुटानविरुद्ध खेल्नेछ । नेपाल र भुटानबीचको खेल नोभेम्बर ३ मा हुनेछ ।

यस्तै नेपालले दोस्रो खेलमा बंगलादेशसँग नोभेम्बर ५,  भुटानसँग फेरि नोभेम्बर ९ र नोभेम्बर ११ मा पुन: बंगलादेशसँग खेल्नेछ । डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।

प्रतियोगिताका लागि नेपालको बन्द प्रशिक्षणमा ३० खेलाडी रहेका छन् ।

मुख्य प्रशिक्षकमा भगवती राना मगर, सहायक प्रशिक्षकमा मंगल महर्जन र गोलकिपर प्रशिक्षकमा छन्नुराम चौधरीको नेतृत्वमा नेपालले तयारी गरिरहेको छ ।

बन्द प्रशिक्षणमा रहेका टोली –

गोलकिपरः राधिका ओली, सुजता तामाङ, सानिमाया स्याङ्ताङ, रुपा धिमाल

डिफेन्डरः दीपा मगर, सान्जी थिङ, अञ्जना पुन मगर, विपन स्नेही, रेणु लिम्बु, अनिशा विक, अमिता भुल, प्रेरणा डोल्मा लामा, सीता रोकाया

मिडफिल्डरः रेविका नेपाली, सिवांगी स्नेही, मनिषा सेन, सुशीला केसी, सिमरन राई, दिलमाया घिसिङ, यशोधा बोहरा, पुनम चेम्जोङ, निर्मला आचार्य, सविता मण्डल, भूमिका बुढाथोकी, भावना परियार

फरवार्ड: समीक्षा मगर, दीपा रोकाया, वर्षा ओली, सेनु परियार, सुक्रिया मिया