फिनल्यान्डकी प्रधानमन्त्रीले लागुपदार्थ प्रयाेग नगरेकाे पुष्टि

एजेन्सी । साथीभाइसँगको जमघटमा नाचेको भिडियो सार्वजनिक भएपछि विवादमा तानिएकी फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिनले लागुपदार्थ प्रयोग नगरेको पुष्टि भएको छ ।

सामाजिक सञ्जालमा ‘भाइरल’ भएको ‘हाउस पार्टी’ को भिडियोमा उहाँ रक्सी खाएर रमाएको देख्न सकिन्थ्यो । त्यो भिडियोलाई लिएर उनले लागुपदार्थ पनि प्रयोग गरेको हुन सक्ने आरोप लागेपछि सोमवार उहाँले गराउनुभएको प्रयोगशाला परीक्षणबाट लागुपदार्थ प्रयोग नगरेको पुष्टि भएको हो ।

प्रधानमन्त्री मरिनको पिसाबको नमुनामा कोकिन, एम्फेटामाइन्स, भाङ र ओपिओइड्सजस्ता लागुऔषध नभएको निर्क्योल गर्न परीक्षण गरिएको थियो । आफूले केही रक्सी खाएको तर कुनै किसिमका लागुपदार्थ प्रयोग नगरेको प्रधानमन्त्री मरिनले शुक्रवार आफ्नो निवासमा पत्रकारहरूलाई बताउनुभएको थियो । आफूले जीवनमा कहिल्यै पनि लागुपदार्थ प्रयोग नगरेको स्पष्ट गरेकी थिइन् ।

३४ वर्षको उमेरमा प्रधानमन्त्री बनेकी मारिनको विपक्षीहरूले सरकारी निवासमा भोजभतेरलगायतका गतिविधि गरेकोमा यसअघि पनि आलोचना गरेका थिए ।