कार्तिकमा आउने भयो मह जोडीको ‘महापुरुष’

काठमाडौं । वरिष्ठ कलाकारद्धय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘महापुरुष’ कार्तिक ११ गतेबाट प्रदर्शनमा आउने भएको छ। निर्माण युनिटले फिल्मको फस्टलुकसँगै प्रदर्शन मिति सार्वजनिक गरेको हो ।

जसको जानकारी कलाकार आचार्यले सामाजिक संजाल मार्फत गराएका छन् । षट्कोण आट्र्स प्रालिबाट निर्माण भएको फिल्ममा मह जोडीका अलवा गौरी मल्ल, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल र नव–कलाकारद्धय अरुण क्षेत्री र अन्जना बराइलीको मुख्य भूमिका छ ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा दिपेश खत्रीको लगानी छ । रविन्द्र सिंह बाँनिया कार्यकारी निर्माता रहेको फिल्ममा दीपक बज्राचार्यको छायांकन, मित्र डी गुरुङको सम्पादन छ ।