रनिल विक्रमासिङ्घे श्रीलङ्काका नयाँ राष्ट्रपति

एजेन्सी । श्रीलङ्काको राष्ट्रपतिमा रनिल विक्रमासिङ्घे चुनिएका छन् । आज बुधवार भएको चुनावमा विक्रमासिङ्घेले एक सय ३४ मत प्राप्त गर्दै देशको नयाँ राष्ट्रपति चुनिनुभएको हो । उनका प्रतिस्पर्धी दलस अलपेरुमाले ८२ मत प्राप्त गर्नुभयो । दुई सय २३ सांसदले मतदान गरेका थिए भने दुई सांसद मतदानमा अनुपस्थित थिए ।

राष्ट्रपति चुनाव जितेपछि संसद्लाई सम्बोधन गर्दै रनिल विक्रमासिङ्घेले सबै पार्टीलाई मिलेर काम गर्न अपिल गर्दै देशलाई समस्याबाट बाहिर निकाल्नका लागि भन्नुभएको छ । भोलि बिहीवार सबै पार्टीसँग बसेर छलफल गर्ने पनि उनले बताए ।

तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षे श्रीलङ्काबाट भागेर राजीनामा दिएपछि रनिल विक्रमासिङ्घेलाई कार्यवाहक राष्ट्रपति बनाइएको थियो । रनिल विक्रमासिङ्घेको कार्यकाल सन् २०२४ नोभेम्बरसम्म हुनेछ । उहाँले गोटाबाया राजापाक्षेको बाँकी रहेको कार्यकाल पूरा गर्नेछन् ।

आर्थिक सङ्कटमा परेको श्रीलङ्कामा गएको हप्ता प्रदर्शनकारीले राष्ट्रपति गोटाबाया राजापाक्षेको निवास कब्जा गरेका थिए, यस्तै प्रधानमन्त्री विक्रमासिङ्घेको निवासमा आगजनी र प्रधानमन्त्री कार्यालय पनि कब्जामा लिएका थिए । प्रदर्शनकारीले कब्जामा लिएका ठाउँ अहिले छोडिसकेका छन् । रनिल विक्रमासिङ्घे पनि श्रीलङ्कामा अलोकप्रिय छन् ।